चीनले दियो अमेरिकालाई युद्धको धम्की, के अमेरिकाले थेग्न सक्ला चीनको क्षेप्यास्त्र?

काठमाडौं । चीनले आइतबार अमेरिकालाई युद्धको धम्की दिएर सनसनी फैलाएको छ। चीनका रक्षामन्त्री वेई फेङले भनेका छन्– ‘अमेरिकासँग चीनको युद्ध विश्वका लागि भयावह हुनसक्छ।’

 

ताइवान र दक्षिण चीन सागरको सुरक्षा मामिलामा हस्तक्षेप नगर्न उनले अमेरिकालाई चेतावनी दिएका छन्। पछिल्ला महिनाहरूमा अमेरिकाले स्वशासित ताइवानलाई हरकिसिमको सहयोग बढाउने बताएपछि चीनको यो प्रतिक्रिया आएको हो।

 

पछिल्लो समयमा अमेरिकी नौसेनको कैयौँ तोप ताइवान स्ट्रेट हुँदै ताइवानसम्म गएको थियो । ताइवान स्ट्रेटले चीनलाई ताइवानसँग छ्ट्याएको छ । चीनले ताइवानमागि आफ्नो अधिकारको दाबी गर्दै आएको छ ।

 

यो खबर आजको कारोबार दैनिकमा छ ।