प्रदेश १ मा एकै दिन ६५४ संक्रमित थपिए, थप ९ जनाको मृत्यु

प्रदेश- १ मा पछिल्लो २४ घण्टामा ९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । सुनसरीमा पाँच, मोरङ र तेह्रथुममा दुई/दुई जनाको कोरोना संक्रमणबाट मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । हालसम्म संक्रमणबाट १२२ जनाको मृत्यु भएको छ ।

प्रदेश १ मा पछिल्लो २४ घण्टामा ६५४ जना कोरोना संक्रमित थपिएका छन् । दैनिक संक्रमण संख्यामा यो अहिलेसम्मकै उच्च हो । मोरङमा तीन सय २६, सुनसरीमा दुई सय ९, झापामा ७४, संखुवासभामा नौ, उदयपुरमा चार, भोजपुर, तेह्रथुम, इलाम र ताप्लेजुङमा दुई/दुई र प्रदेश-१ बाहिरका २४ जनामा संक्रमण देखिएको छ ।

बिज्ञापन

मन्त्रालयका अनुसार विराटनगरमा दुई सय ५५ जनामा संक्रमण देखिएको । मोङगको सुन्दरहरैचामा २५, पथरीशनिश्चरेमा १५, कानेपोखरी र बुढीगंगामा १३/१३, बेलबारीमा १०, रतुवामाईमा सात, कटहरीमा छ, ग्रामथानमा चार, धनपालथान र रंगेलीमा दुई/दुई, केराबारी र उर्लाबारीमा एक/एक र स्थानीय तह नखुलेका दुई जनाको रिपोर्ट पोजिटिभ आएको छ ।

उता सुनसरीको धरानमा एक सय ३२, इटहरीमा ४८, बराहक्षेत्रमा आठ, दुहवी र इनरुवामा चार/चार, बर्जु, रामधुनी र गढीमा तीन/तीन, हरिनगरमा दुई, कोसी गाउँपालिका र स्थानीय तह नखुलेका एक/एक जनाको रिपोर्ट पोजिटिभ आएको छ ।

झापाको विर्तामोडमा ३१, भद्रपुरमा ११, दमक र अर्जुनधारामा नौ/नौ, बुद्धशान्तिमा चार, कनकाईमा तीन, मेचीनगरमा दुई, गौरादह, गौरीगञ्ज, कमल, झापा गाउँपालिका र स्थानीय तह नखुलेका एक/एक जनाको रिपोर्ट पोजिटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

संखुवासभाको खाँदबारीमा नौ, उदयपुरको चौदण्डीगढीमा चार, भोजपुरमा दुई, तेह्रथुमको लालीगुराँस र स्थानीय तह नखुलेका एक/एक, इलामको देउमाई र स्थानीय तह नखुलेका एक/एक, ताप्लेजुङको श्रीजंगा र फुङलिङमा एक/एक र प्रदेश १ बाहिरका २४ जनाको रिपोर्ट पोजिटिभ आएको छ । प्रदेश १ मा हालसम्म कोरोना संक्रमितको संख्या १२ हजार दुई सय ६९ पुगेको छ ।

प्रदेश- १ मा बिहिबार तीन सय २६ जना डिस्चार्ज भएका छन् । होमआइसोलेसनबाट तीन सय चार, कोसी अस्पताल कोभिड- १९ उपचार केन्द्रबाट १२, कोभिड- १९ अस्पताल गोठगाउँबाट नौ र मेची अस्पतालबाट एक जना डिस्चार्ज भएका हुन् । हालसम्म डिस्चार्ज हुनेको संख्या पाँच हजार तीन सय ३९ पुगेको छ ।

प्रदेश १ मा बिहीबार एक हजार ६४६ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये दुई सय ४१ महिला र चार सय १३ पुरुषको रिपोर्ट पोजिटिभ आएको छ । हालसम्म १ लाख ४२ हजार ५२३ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।