
मिलन के राउत

लकडाउन हटेसंगै मोरङमा कोरोना संक्रममितको ग्राफ बढ्दो छ । गत असार १ गतेसम्म ९३ जनालाई संक्रमण देखिएको थियो । छिमेकी गाउँ÷नगरमा संक्रमित थपिइरहँदा पूर्वी मोरङको उर्लाबारी अछुतो रहयो । अहिले स्थिति फेरिएको छ । यो आलेख तयार पार्दासम्म उर्लाबारीमा संक्रमितको संख्यामा बढोत्तरी भैरहेको छ । नगरपालिकाका मेयरदेखि एकजना वडाध्यक्ष समेत कोरोना पोजेटिभ पाइएका छन् । उनीहरु उपचाररत छन् । वाड नम्बर २ की एकजना ८२ वर्षीयाको कोरोनाकै कारण एक महिनाअघि मृत्यु भइसकेको छ । यस हिसाबले उर्लाबारीसहित पूर्वी मोरङ कोरोनाको ‘हटस्पट’ बनिरहेको छ ।



लकडाउन कार्यान्वयन ः

सरकारले २०७६ साल चैत १३ गतेदेखि कोरोना रोकथाम तथा नियन्त्रणका लागि भनेर देशभर लकडाउनको घोषणा ग¥यो । अत्यावश्यक बाहेका सबै पसल तथा संस्थाहरु पूर्ण रुपमा बन्द गर्ने सरकरको निर्णयलाई कार्यान्वयन गराउनका लागि उर्लाबारीले सुरुबाटै ‘कठोर’ हुने निर्णय लियो । बिना काम घरबाट बाहिर हिड्नेहरुलाई नगरपालिकाका मेयर खड्ग फागोले ‘भाटे कारबाही’ चलाए । मेयरको अहोदामा बसेको मानिसले लौरोले हिर्काएको उक्त कार्य नसुहाएपनि उनको अभियानले ताली र गाली दुवै पायो । यसले उर्लाबारवीसीमा काम नभइकन बाहिर जानु हुदैन भन्ने किसिमको मनौवैज्ञानिक असर ग¥यो ।
लकडाउन कार्यान्वयन र व्यपार व्यवसायलाई पनि सुरक्षित रुपमा सञ्चालन गर्नका लागि उवासंघ उर्लाबारीको भूमिका पनि तारिफ योग्य रहन गयो । तर बीचमा व्यापारीहरुले कालोबजारी गरेका र बजार अनुगमनका क्रममा केही विवादहरु पनि भए । यी बाहेक संघका अध्यक्ष प्रितम खड्गीसहितका पदाधिकारीहरु लकडाउनको बेला व्यापारीको सुरक्षालाई लिएर खटिएका थिए ।
एक जना व्यपारीलाई प्रहरीले उर्लाबारी चोकमा उभ्याएपछि दबाबमा परेको वाणिज्य संघले ‘व्यापारी कार्ड’लागू गर्न बाध्य भयो । कतिपयले यो कार्डको बारेमा बुभ्mन नसक्दा संघलाई ठूला व्यापारीको पक्षमा लागेको आरोप पनि खेप्नुपर्यो ।
हप्ताको ३ दिन बजार खोल्ने र अरु दिन बन्द गर्ने निर्णय गर्दा उर्लाबारी चुक्यो । तीन दिन बजार खोल्दा धेरै भीड बढ्न थालेपछि यो निर्णय सच्चाइयो । यो विषयमा यहाँका जनप्रतिनिधिहरु र व्यवसायी चुकेको देखिन्छ ।
यस्तै, गठित ‘प्रहरी मेरो साथी’ अभियानले लकडाउन पालना गराउन भूमिका त खेल्यो तर यो अभियान कामभन्दा प्रचारबाजीमा बढी केन्द्रीत भयो । भौतिक दूरी र सुरक्षाका सामग्रीहरु नलगाई ‘प्रहरी मेरो साथी’ लेखिएको टिसर्ट लगाएकै भरमा जथाभावी हिड्न थाले । यसले व्यवस्थापकीय कमजोरीहरु देखिन्थ्यो । नगरपालिकाले लकडाउन कार्यान्वयन गराउनका लागि खुला प्रतिस्पर्धाको आधारमा अस्थायी नगर प्रहरीको नियुक्ती ग¥यो ।
जनप्रतिनिधिहरु पनि सुरु सुरुमा लकडाउनका कार्यान्वयनका लागि भनेर निस्किएपनि उनीहरुको उक्त कार्य केही दिनका लागि ‘स्टन्ट’मात्रै सावित भयो । राहत वितरणमा भने उनीहरुको भूमिका तारिफयोग्य रहयो ।
राहत वितरण र जनप्रतिनिधि ः
लकडाउनका कारण दैनिक ज्यालामजदुरी गरेर जीविकोपार्र्जन गर्दैै आएका नगर क्षेत्रका गरिब तथा विपन्न समुदायलाई उर्लाबारीमा पनि राहत वितरण गरियो । लकडाउनको सुरुवाती दिनहरुमा मेयर खड्ग फागो आपैंmले भोकै र खाना नपाएकाहरुको घरघरमा गएर राहत वितरण गरे । एक्लै राहत वितरण गर्दा उनको त्यो अभियान आलोचित बन्न पुग्यो । सहमतिमा उर्लाबारी नगरपालिकाले कोरोना राहत कोषको स्थापना गरेर कोषमा सहयोग गर्नका लागि सबैलाई आह्वान ग¥यो ।
हरेक वडाहरुमा राहत वितरणका लागि सरकारको निर्देशन बमोजिम सर्वपक्षीय समितिले सिफारिस गरेका परिवारहरुलाई राहत वितरण गरियो ।
नगरपालिकाले राहतमा ७४ हजार ४ सय १८ केजी चामल, ९ हजार ३५ केजी दाल, ५ हजार ३ सय ७० लिटर तेल, ५ हजार २ सय ५८ केजी नुन, १० हजार ८ सय २४ थान साबुन, २ सय ८ केजी भुजा,६ हजार ३० प्याकेट चाउचाउ, ८ सय ५८ केजी चिउरा,३० केजी मटर र ३० प्याकेट न्युटेला वितरण गरेको थियो ।
यस्तै, नगरपालिकालाई १६ हजार ९ सय ७५ केजी चामल,१४ सय ५० केजी दाल, ६ सय ८७ लिटर तेल, ८ सय ८५ किलो नुन, ८ सय ३० थान साबुन, २ सय ८ केजी भुजा, ६५ सय ४० प्याकेट चाउचाउ, ५ सय १२ केजी चिउरा, ५० केजी चना,१ सय ३० केजी मटर,२० केजी चिनी र ८० प्योटक निउटेला राहत वितरणका लागि भनेर विभिन्न व्यक्ति तथा संघसंस्थाले जिन्सी सहयोग उपलब्ध गराएका थिए ।
राहत सहयोगका लागि उर्लाबारीका अधिकांश संघसंस्थाहरुले गरे । तर, नगरपालिकाले उर्लाबारीमा रहेका बैंक तथा वित्तीय संस्थाहरुलाई आम्दानीको १ प्रतिशत राहत कोषमा सहयोग गर्नु भनेर पत्र काटेको विषय विवादित बन्यो । सबै बैंकहरुले केन्द्रबाटै ने सहयोग गरेको अवस्थामा नगरपालिकाले आम्दानीको यति प्रतिशत सहयोग उपलब्ध गराउनु भनेर यहाका बैंकहरुलाई पत्र काट्नु कतिको उचित होला ?यो बहसको विषय बन्यो । केहीले सहयोग गरेपनि धेरै बैंकहरुले नगरपालिकाको यो कदमलाई रुचाएनन् ।
कोरोनामा खर्च ः
कोरोना रोकथाम तथा नियन्त्रणका लागि उर्लाबारी नगरपालिकाले १ करोड जति खर्र्च गरेको छ । यसमा औषधि खरिद,क्वारेन्टाइन निर्माण,स्वास्थ्य सामग्ररी,राहत लगायत अन्य विविध खर्च समावेश छन् ।
उर्लाबारी नगरपालिकाको कोरोना कोषमा नगरपालिकाले ५० लाख,प्रदेश सरकारबाट १० लाख,विभिन्न संघसस्था व्यक्ति,जनप्रतिनिधिको एक महिनाको सेवा सुविधा,शिक्ष तथा कर्मचारीहरुको तलब कटौती गरेर ३० लाख २१ ह्जार २ सय २३ रुपैया जम्मा भएको थियो ।
कूल ९० लाख २१ हजार २ सय २३ रुपैया“ कोरोना कोषमा जम्मा भएको नगरपालिकाका अधिकृत भरत अधिकारीले जानकारी दिए । उनका अनुसार पैसा अपुग भएर अभैm थप्नुपर्ने देखिएको छ । नगरपालिकाले खाद्यान्न खरिद गर्नका लागि ४१ लख १६ हजार ३ सय ९३ रुपैया खर्च गर्यो ।
कोरोनोको बेला नगरपालिकाले औषधी तथा औषधीजन्य सामानहरुमा मास्क, ग्लोब्स, साबुन, पीपीई, चेक पोस्ट निर्माण, थर्मल गन, डिस्इन्फेक्टेन्ट सामान र लेभर खर्च, स्यानिटाइजर, आइसोलसनका लागि आवश्यक औषधी, कोरोना नियन्त्रणका लागि प्राथमिक उपचारका लागि चाहिने ओषधी खरिदमा कूल १७ लाख ५४ हजार ८ सय ७० रुपैया खर्च ग¥यो ।
अन्य शीर्षकमा ६ लाख ६१ ह्जार २५ रुपैया खर्च भएको नगरपालिकाका लेखा अधिकृत गोविन्द कार्की जानकारी दिए । अन्यमा नगर प्रहरी, लेभर खर्च, खाना खर्च, गाडीलाई भाडा, ढुवानी, क्वारेन्टाइनका लागि चाहिने सामान, टेन्ट खरिद लगायतका विषयहरु समावेश छन् ।
क्वारेन्टाइन व्यवस्थापनका लागि पनि एक लाख ९ हजार ५० रुपैया खर्च भइसकेको नगरपालिकाका जिन्सी शाखा प्रमुख नगेन्द्र तिम्सिनाले बताए ।
कोरोनाका बेला गरिएका मुख्य कार्य र कमजोरी ः
उर्लाबारीमा कोरोना रोकथाम नियन्त्रणका लागि गरिएका मुख्य प्रयासहरु धेरै छन् । मुख्यतः यसमा लकडाउनको कडा रुपमा कार्यान्वयन र मेयर फागो र अन्य जनप्रतिनिधिहरको निरन्तर खटाइ पनि सकरात्मक लिनुपर्ने संचार क्लब उर्लाबारीका अध्यक्ष सरोज बस्नेत बताउछन् । यस्तै, चेक पोष्ट निर्माण र अस्थायी नगर प्रहरीको नियुक्त पनि सवल पक्ष भएको उनको भनाई छ । प्रारम्भमा टाँडीस्थित प्रदेश सरकारको क्वरेन्टाइनमा भर परेपनि नगरपालिकाले पछि ५० बेड क्षमताको क्वारेन्टाइन स्थानीय राधिका माविमा बनायो ।
यस्तै,नागरपालिकाले कोरोना नियन्त्रणका लागि भनेर औषधि छर्केने काम गरेपनि त्यो अवैज्ञानिक थियो । कोरोना भाइरस औषधि छर्केर मर्छ भन्ने भ्रम उर्लाबारीका जनप्रतिनिधिहरुमा देखियो । तरकारीबाट पनि कोरोना सर्छ भन्ने कुरा कुनै वैज्ञानिक पुष्टि नै नभइकन उर्लाबारीमा तरकारी आयत बन्द गरियो । नगरपालिका आपैंmले तरकारीमा आत्मनिर्भर बन्नुपर्छ भन्ने कुरा स्वागतयोग्य रहेपनि उर्र्लाबारीमा पर्याप्त मात्रामा पुग्ने तरकारी भने उत्पादन हुदैन ।
राहत कोषमा धेरैले सहयोग गरे । यहाका राजनीतिक दल,संघसंस्था,जनप्रतिनिधि, शिक्षक, कर्मचारी,व्यक्ति,समाजसेवी धेरैले सहयोग गरे । यस्तै मंगलबारे अस्पतालमा चाडै नै क्वीक रेस्पोन्स टिमको निर्माण,प्रचारप्रसार,माइकिङ र सचेतनाले पनि राम्रो काम गर्यो ।
योजनाहरु काटिए ः
लकडाउनसंगै भेटघाट तथा भेला बन्द भए । यसले यहाँको विकास निर्माण पनि केही असर गर्यो । मुख्यतःउर्र्लाबारीमा साजिक विकाससंग केन्द्रीत भएका योजनाहरु काटिए । तालिम, सचेतना, लक्षित वर्गका अन्य कार्यक्रमहरु हुन पाएनन् । नगरपालिकाको आन्तकिर आम्दानी र स्रोत गुम्यो । राजस्व संकलन ठप्प भयो । सीप विकासका कार्यक्रमहरु अर्को वर्षलाई सारिए । म्हिला विकास, शिक्षा, खेलकुद, स्वास्थ्य सम्बन्धी अन्य कार्यक्रमहरु पनि यस वर्ष कोरोनाका कारण प्रभावित भए । कोरोना कोषमा आन्तरिक स्रोतबाट बचत हुने रकम नागरपालिकाले राख्यो ।
यस्तै कोरोना कारण पूजीगत अनुसन्धान गर्ने रकमहरु रोकियो । यसमा पर्यटन क्षेत्र र सडकका डीपीआरहरु समावेश रहेका लेखा अधिकृत गोविन्द कार्कीले जानकारी दिए । विकास निर्माणका कुनै पनि योजनाहरुलाई कोरोनाले छेक्न सकेन् । विकास निर्माणका सबै काम भए ।
फ्रन्टलाइनमा स्वास्थ्यकर्मी र सञ्चारकर्मी ः
कोरोनाको बेला उर्लाबारी नगरपालिकाको स्वास्थ्य शाखा मातहतका स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीहरु फ्रन्टलाइनमा बसेर काम गरेका थिए । कोरोनाको कहर सुरु भएक लगत्तै मंगलबारे अस्पताल लगायत ९ वटै वडाका आधारभूत स्वास्थ्य केन्द्रहरुमा फिभर क्लिनक सञ्चालन गरेर उच्च सतर्कता अपनाएको नगरपालिकाका स्वास्थ्य सहसंयोजक सुरेश खड्काले जानकारी दिए ।
विदेशबाट फर्किनेहरुको कन्ट्याक्ट ट्रेसिक र उनीहरुको एन्टीबडी हेर्नका लागि आरडीटी परीक्षण गरिएको थियो । नगरपालिकाले त्यसबेला त्यसमा महिला २३ र पुरुष ७७ को आरडीटी गरिएको थियो ।
टाडीमा क्वारेन्टाइन भएकाले नगरपालिकाले ढिलो क्वारेन्टाइनको स्थापना ग¥यो । सेनाले सञ्चालन गरेको क्वरोन्टाइन अन्यत्र सारिएपछि जेठबाट क्वारेन्टाइनमा सुरु गरिएको स्वास्थ्य शाखा सहसंयोजक खड्काले जानकारी दिए । असार १ गतेसम्म क्वारेन्टाइनमा बस्ने मानिसहरु,स्वास्थ्यकर्मीसहित फ्रन्ट लाइनमा काम गर्ने गरी सबैको गरेर ८७ जनाको पीसीआर परीक्षण गरिएको थियो ।
असार १ गतेसम्म नगरपालिकाले राधिका माविमा सञ्चालन गरेको क्वारेन्टाइनमा ३५ जना छन् । सरकारले एयर लिप्mट गरेर विभिन्न देशबाट नागरिकहरु ल्याउन थालेसगै अहिले देशभरका क्वारेन्टाइनमा मानिसहरुको संख्या थपिएको हो । क्वारेन्टाइन क्षमता ५० बेड भएपनि यसलाई बढाएर सय बेड बनाउने नगरपालिकाले जनाएको छ । सुरक्षकर्मी, सीसी क्यामेरा,नगर प्रहरीसहितको राधिमा माविको क्वारेन्टाइनमा महिला र पुरुषलाई छुट्टाछुट्टै ठाउमा राखिने गरिएको छ । परिवारसहित आएकाहरुलाई एकै ठाउमा पनि राखिने गरिएको खड्काले जानकारी दिए ।
अहिले राधिका माविको क्वारेन्टाइनमा ६ जना स्वास्थ्यकर्मी २४ सै घन्टा खटिन्छन् । एउटा सिप्mट २ जना दरले उनीहरु खटिरहेका छन् । यसमा एक जना पारामेडिक्स र नर्सिङ खटिन्छन् । बेला बेला मंगलबारे अस्पतालले पनि अनगुमन गर्ने गर्छ । शंकास्पद बिरामीहरलाई मंगलबारे अस्पतालमा आइसोलेसन बनाइएको छ ।
स्वास्थ्यकर्मीहरुलाई पीपीई किट,एन–९५ मास्कसहित स्वास्थ्य सुरक्षाका सबै सामग्रीहरु उपलब्ध गराइएको छ । स्यानिटाइजरहरु पनि पर्याप्त मात्रामो छ । नगरपालिकाले स्वास्थ्य सामग्री र औषधिमा तुरुन्तै अभाव नुहने अवस्था रहेको स्वास्थ्य शाखाले बताएको छ ।
कोरोना रोकथामा तथा नियन्त्रणका लागि उर्लाबारीममा करिब सय जना स्वास्थ्यकर्मी खटिएका छन् । यसमा मंगलबारे अस्पताल, नगरपालिका अन्तर्गत सबै स्वास्थ्य संस्था, राजघाट स्वास्थ्य चौकी,९ वटै वडाका आधारभूत स्वास्थ्य केन्द्र,सहरी स्वास्थ्य केन्द्र, तीनवटै नाकामा रहेका स्वास्थ्यकर्मी छन् । नगरपालिकाले २४ सै घन्टा एम्बुलेन्स सेवा पनि सुरु गरेको छ । नाकामा रहेका आप्mना नगरवासीलाई लिन,क्वारेन्टाइनमा बसेकाहरुलाई घरमै पनि पु¥याइदिने गरिएको छ ।
क्वारेन्टाइनमा बस्नेहरुको संख्या बढ्दै जादा पीसीआर टेस्टको नतिजा पनि ढिलो आउने सम्भावना हुन थालेको छ । ल्याबमा केमिकल सकिने र स्याम्पलहरुमा होल्डमा बस्ने हुदा क्वारेन्टाइनको बसाइ लम्बिने सम्भावना हुदा मानिसहरु असन्तृष्टि बढ्न सक्ने देखिन्छ ।
क्वारेन्टाइनमा बस्ने सबै मानिसहरुको पीसीआर परीक्षण गर्ने गरिएको छ । पीसीआरका लागि चाहिने भीटीएम उर्लाबारीलाई पुग्दो छ । नगरपालिकाले ५ सय वटा भीटीएम खरिद गरेको छ । अभैm ५ सय वटा खरिद गर्ने तयारी भइरहेको स्वास्थ्य शाखा सह–संयोजक खड्काले जानकारी दिए । माइकिङ, प्रचारप्रसार, सचेतनाले पनि उर्लाबारीलाई लकडाउनका बेला कोरोनामुक्त बनाउ सहयोग गरेको थियो ।
कोरोना कहरका बेला उर्लाबारीका सञ्चारकर्मीहरुको भूमिका पनि महत्वपूर्ण छ । कोरोना न्यूनिकरण तथा रोकथामका लागि सञ्चारकर्मीहरुले पूर्र्ण साथ दिए । उनीहरुले सचेतनादेखि राहत वितरणसम्म आप्mनो भूमिका निर्वाह गर्दै नगरपालिकालाई सचेत गराउनुका साथै नगरवासीलाई सूचना दिने कार्यमा निरन्तर फिल्डमा खटिए थिए ।
र, ताली,गाली र विवाद ः
कोरोना रोकथामा तथा नियन्त्रणका लागि उर्लाबारी नगरपालिकाको नेतृत्वले ताली,गाली र विवाद सबै खेप्नुपरो । कोरोनाको रोथामका लागि अहिलेसम्म गरिएका प्रयासहरु ताली योग्य छन् । स्वास्थ्यकर्मीको परिचालन,अस्थायी नगर प्रहरीको नियुक्ती,सचेतना जस्ता कार्यलाई राम्रो रुपमा लिन सकिन्छ । यसका अलवा नगरपालिकामा राहत वितरणका बेला विवादका साथै गाली पनि खेपनुपरो । राहत वितरण गर्ने भन्दै सुरुमा विपन्नहरुको नामावली एकैपटक संकलन गरेर विभिन्न चरणमा राहत वितरण गर्दा जनप्रतिनिधिहरुले आक्रोश र गाली खेप्नुपर्यो ।
बजार अनुगमनको विषय पनि उर्लाबारीमा विवादमा पर्यो । ठूला व्यापारीलाई छुट र सानालाई कारबाही गरिएको भन्दै यो विवादमा प¥यो । नगर प्रमुख फागोले यही बीचमा उर्लाबारी प्रहरीका इन्सपेक्टर सुवास राईले कोरोना रोकथाम तथा न्यूनिकरणमा नगरपालिकालाई नसघाएको,काम नगरेको भन्दै सार्वजनिक रुपमै आलोचना गरेर प्रहरी नेतृत्वको भूमिकामाथि प्रश्न तेर्साए ।
यस्तै,नगर प्रमुख खड्ग फागोको खटाइ तारिफयोग्य देखिएपनि उनी विवादमा पनि परे । सुनझोडा नाकामा एक जना व्यपारीमाथि कुटपिट गरेको आरोप उनीमाथि लाग्यो । यस्तै,उनको भाटे अभियानमा पनि विवादमा प¥यो ।
उर्लाबारीमा कोरोनाका बेला मुख्यतः जनप्रतिनिधिहरुको खटाई, नगर प्रहरी र सुरक्षाकर्मीको परिचालन, फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मी, सञ्चारकर्मीको भूमिका, राहत वितरण, अस्थायी रुपमा नगर प्रहरीको नियुक्तीले पनि कोरोना रोकथाममा प्रभावकारी बनेको थियो । तर, नजिकिदो चाडपर्वको चहलपहल, भीडभाड र मानिसहरुका अटेरीले कोरोना नियन्त्रण पानीको फोका सावित भैसकेको छ । जसका कारण समुदायस्तरमै कोरोना फैलिइरहेको छ ।
(नेपाली पत्रकारहरुको अन्तरराष्ट्रिय संजाल इन्जाको सहयोगमा तयार पारिएको रिपोर्ट)