आर्थिक अभाबमा उपचार गर्न नपाएका श्रेष्ठद्वारा सहयोगको अपिल

दमक । झापा दमक ९ घर भई हाल ललितपुर वार्ड नम्बर १४ बसि गाडी चलाउदै गुजारा गरेका कुमार श्रेष्ठ आर्थिक अभावले जीवनमरणको अबस्थाबाट गुज्रिरहेका छान् ।

कुमारले गाडि चलाएरै ३ छोरा र श्रीमतीको जीविकोपार्जन गरिरहेका थिए ।जब कुमारलाई मुखमा क्यान्सर भयो भन्ने थाहा भयो तबबाट श्रेष्ठ परिवारमा बज्रपात पर्यो ।`कोरोनाको महामारीले गाडी पनि साहुलाई जिम्मा लगाएर बसेको ६/७ महिना भयो , यति बेलै मुखमा क्यान्सर भएर २/३ लाख रुपैया सक्किसको छ ।अब अप्रेसन गर्न १५ लाख ठिक्क पर्नु भनेको छ डाक्टरले , यस्तो समयमा कहाँबाट ल्याउ त्यत्रो पैसा ? ´ ओमकार टाईम्स प्रतिनिधीसंग कुरा गर्दै कुमारले भने ।

बिज्ञापन

`हामी त उहाँकै कमईमा आस्रित भएर बाचेको मान्छे ,उहाँलाई नै यस्तो भएपछि अब नानीहरु कसरी पढाउने , उहाँको उपचार कसरी गर्ने ? देश तथा बिदेशमा रहनुभएका नेपाली दाजुभाइहरुले सहयोग गरिदिएको खण्डमा उहाँलाई बचाउन सकिन्थ्यो कि ? ´ कुमारकी श्रीमतीले भनिन् ।

आर्थिक अबस्था कमजोर भएर उपचार गर्न नपाएका श्रेष्ठलाई सहयोग गर्न चहाने सहयोगीहरुले उहाँको ग्लोबल आईएमई बैंकको खाता नम्बर ` R 507010009775 ´ मा सहयोग रकम उपलब्ध गराई सहयोग गर्न सक्नुहुने छ ।