
बीमा कम्पनीहरुले आजबाट कोरोना बीमा दाबीको भुक्तानी दिन सुरु गरेको छ । कागजपत्र पुगेका सबै दाबीको ७ दिनभित्र भुक्तानी दिन बीमा समितिको बैठकले निर्देशन दिएपछि ती कम्पनीहरुले बीमाको भुक्तानी दिन सुरु गरेको हो ।बुधबारको बसेको बिमक संघको बैठकले आजबाट भुक्तानी दिने गर्ने निर्णय गरेको हो । बीमा पुलले दाबी प्रमाणित गरी सम्बन्धित कम्पनीमा पठाउन सुरु गरे पनि बिमितले भुक्तानी पाउन भने थप एक दुई दिन लाग्ने छ। उक्त बैठकको सहमतिबाट बीमा कम्पनीले मापदण्ड पुगेका सबै दाबी बीमा पुलमा पठाउने, पुलले ५ दिनभित्र सबै प्रक्रिया पूरा गरी सम्बन्धित कम्पनीमा फिर्ता पठाउने र त्यसको दुई दिनभित्र कम्पनीले बिमितलाई भुक्तानी दिनुपर्ने छ । बीमा समितिका सूचना अधिकारी निर्मल अधिकारीका अनुसार अब प्रक्रिया पुगेका सबैले कोरोना बीमाको दाबी भुक्तानी पाउने छन् । त्यस कोरोना बिमाको भुक्तानी लिन कोरोना पोजिटिभ देखिएको पीसीआर रिपोर्ट, बीमा लेखको प्रतिलिपि, पूर्णरूपमा भरिएको दाबी फारम, घरमै आइसोलेसनमा बसेको अवस्थामा स्थानीय निकायको सिफारिस, अस्पतालमा उपचार गरेको भए डिस्चार्ज रिपोर्ट, संक्रमितको परिचय खुल्ने आधिकारिक परिचयपत्र र अस्पतालमा उपचार गरेको भए उपचारको बिल अनिवार्य बुझाउन पर्ने जनाइएको छ ।