
काठमाडौं । कोरोना भाइरस संक्रमित चर्चित हास्य कलाकार मनोज गजुरेलको अवस्था गम्भीर बनेको छ । कार्तिक १० गते उनमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

कोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा बसेका गजुरेलको अवस्था जटिल बनेपछि बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पताल भर्ना गरिएको छ । कार्तिक १९ गते (बुधबार) अस्पताल भर्ना भएका गजुरेलको हाल आइसियूमा उपचार भइरहेको अस्पतालले जनाएको छ । उनलाई निमोनिया भएको आशंका गरिएको छ ।
बिज्ञापन



आफूलाई कोरोना संक्रमण भएको उनले सामाजिक सञ्जाल (फेसबुक) मार्फत सार्वजनिक गरेका थिए । आफ्ना दाजुलाई अस्पताल ल्याउने-लैजाने क्रममा आफू संक्रमित भएको हुनसक्ने उनले बताएका थिए । १८ गते (मंगलबार) उनले आफ्नो स्वास्थ्य अवस्थामा पूर्ण सुधार भैनसकेको बताउँदै शरीरले फरक फरक कृया–प्रतिकृया देखाई रहेको समेत उल्लेख गरेका थिए ।
