
गौरादह\ स्व. रमेश सुवेदी र बिष्णु प्रधानको सम्झनामा १६ औं रबि स्मृति दिवस सम्पन्न भएको छ ।

अनेरास्ववियु झापा जिल्ला कमिटीको आयोजनामा गौरादह नगरपालिका स्थित गौरादहको सहिद गेटमा दिप प्रज्वलन गरि कार्यक्रम सम्पन्न भएको हो ।



स्वर्गीय रमेश सुवेदी र बिष्णु प्रधानलाई वि.स २०६१ साल मंसिर ६ गते तत्कालीन शाही नेपाली शेनाद्वारा गौरादहमा गोलि हानी हत्या गरिएको थियो ।

वि.स २०५६ सालदेखि तत्कालिन अखिल (क्रान्तिकारी) मा संगठित रमेश सुवेदी २०५७ सालको स्वबियु निर्वाचनमा गौरादह बहुमुखी क्याम्पसको उपसभापति पदमा निर्बाचित हुनुभएको थियो ।
वि.स २०६० सालमा विद्यार्थी संगठन अखिल क्रान्तिकारीको आठौं जिल्ला सम्मेलनबाट झापा जिल्ला अध्यक्ष बन्नुभएका रमेश सुवेदी तत्कालिन नेकपा माओवादी पार्टीको जिल्ला सदस्य समेत रहनु भएको थियो ।
दिप प्रज्वलन कार्यक्रमा प्रमुख अतिथि अनेरास्ववियुका केन्द्रिय सदस्य मदन भट्टराई ,विशिष्ट अतिथिमा नेकपा प्रदेश कमिटी सदस्य एवम् संबिधान सभा सदस्य माननीय दिपक कार्की रहनुभएको थियो । त्यसैगरी उक्त कार्यक्रममा प्रदेश कमिटी सदस्यहरु,जिल्ला कमिटी अध्यक्ष,विद्यार्थी नेताहरु लगायत नेकपाका कार्यकर्ताहरुको पनि बाक्लो उपस्थिति रहेको थियो।
कार्यक्रमका प्रमुख अथिती तथा विशिष्ट अतिथिहरुले सहिदहरुको सम्झना गर्दै नेपाली प्रजातन्त्रीक अभ्यासमा शहिदहरुको निस्वार्थ वलिदान अतुलनीय रहेको छ ।
शहिदले हाम्रालागि वलिदान दिएर दिलाएको स्वतन्त्रता यसैमार्फत् प्राप्त गणतान्त्रिक प्रजातन्त्रको आधारमा नयाँ नेपाल निर्माणमा तपाईं हामी सबैजना जिम्मेवार भएर लाग्नु पर्ने र सहिदको सपना साकार पार्न सबै एकजुट हुनुपर्ने भन्दै सहिदहरुको योगदानको बारेमा चर्चा गर्नु भएको थियो ।
अनेरास्ववियुका झापा जिल्ला कमिटी संयोजक अनिल सुबेदीको अध्यक्षतामा सप्पन्न भएको उक्त कार्यक्रमको संचालन अनेरास्ववियु सह संयोजक दुर्गा धमलाले गर्नुभएको थियो ।