ग्वालडुब्बा र कमलमा सवारी दुर्घटना

दमक/झापाको गौरादह ७ स्थित भित्रि सडक खण्डमा गौरादहबाट गौरीगञ्ज तर्फ जादै गरेको मोटरसाइकल र विपरित दिशाबाट आइरहेको स्कुटर एकापसमा ठोक्किदा तीन जना घाईते भएका छन भने कमल ६ मा भएको अर्को दुर्घटनामा दुई जना घाईते भएका छन ।

१ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार हिजो साझ मे १० प ४८४४ नं को मोटरसाइकल र बिपरित दिशामा रहेको मे ८ प ५६७७ नं को स्कुटर एकआपसमा ठोक्किदा स्कुटर चालक दमक ५ का २४ बर्षिय नमेरु थापा, सोही स्कुटरमा सवार गौरीगंज ३ का ३० बर्षिय सुलभ बस्नेत घाईते भएका छन । उनीहरुको दमकमा उपचारका लागि ल्याइएको छ भने मोटरसाइकल चालक गौरीगञ्ज ३ का २२ बर्षिय आकाश शर्मा सामान्य घाईते भएकाले स्थानीय मेडिकलमा उपचार गरिएको छ ।

बिज्ञापन

त्यसैगरी पाडाजुगी गौरीगञ्ज सडकमा पर्ने कमल ६ स्थित भित्रि सडक खण्डमा उत्तरबाट दक्षिणतर्फ आउदै गरेको को ५ प ७४४२ नं को मोटरसाइकलले सोही दिशाबाट जादै गरेको साइकलयात्रीलाइ पछाडीबाट ठक्कर दिदा साइकलयात्री गौरादह ७ का ४५ बर्षिय भगवत चौलागाइ गम्भिर घाईते भएका छन । उनको टाउको पछाडी र ढाडमा चोट लागेको जनाइएको छ । सोही दुर्घटनामा मोटरसाइकल चालक कमल ६ का सन्तोष विकको मुखमा चोट लागेको ३ वटा दात झरेको अवस्थामा उपचारका दमक तर्फ ल्याइएको ट्राफिक प्रहरीले जनाएको छ ।