‘रेड पाण्डा’ को छालासहित ६ जना पक्राउ

काठमाडौं : महालक्ष्मी नगरपालिकाबाट ‘रेड पाण्डा’ को छालासहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

महालक्ष्मी-४ इमाडोलबाट करिब ३ इन्च लम्बाइ र १ चौडाइ भएको १ थान रेड पाण्डाको छालासहित प्रहरीले ६ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक जुगल गाउँपालिका-२ ठेगाना भएका ४३ वर्षीय सुनिल गोले, भक्तपुर ठिमी बस्ने सिन्धुपाल्चोक बलेफी गाउँपालिका-४ भर भएका २४ वर्षीय प्रकाश तामाङ, ललितपुर टिकाथली बस्नेहरु भोजपुर ट्याम्केमैयु गाउँपालिका-२ घर भएका ४१ वर्षीय सन कुमार राई, खोटाङ दिक्तेल नगरपालिका-३ घर भएका १८ वर्षीय किशोर, ललितपुर इमाडोल बस्नेहरु ताप्लेजुङ फक्तङलुङ गाउँपालिका-४ घर भएका ३५ वर्षीय दिपक लिम्बु र सिन्धुली तिनपाटन गाउँपालिका–३ घर भएका २४ वर्षीय अम्बर बहादुर तामाङ रहेका छन् ।

विशेष सूचनाको आधारमा महानगरीय प्रहरी अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले ललितपुर महालक्ष्मी नगरपालिका-४ ईमाडोलस्थित दिपक लिम्बुको कोठाबाट रेड पाण्डाको छालासहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो । आवश्यक कारबाहीका लागि जिल्ला वन कार्यालय ललितपुर पठाइएको महाशाखाले जनाएको छ ।