नेपालमा सोमबार थप २ हजार ५ सय ७१ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा नेपालमा थप दुई हजार ५ सय ७१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।  

आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरमा थप दुई हजार ५ सय ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।   योसँगै नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या एक लाख ९७ हजार २४ पुगेको छ ।

बिज्ञापन

हाल देशभर ३६ हजार १ सय ७४ जना सक्रिय संक्रमित रहेका छन् ।  त्यस्तै पछिल्लो २४ घण्टामा १ हजार ७ सय ९८ जना कोरोना संक्रमित कोरोनामुक्त (डिस्चार्ज) भएका छन् ।  

योसँगै डिस्चार्ज हुनेको संख्या एक लाख ५९ हजार ७ सय २४ पुगेको मन्त्रालयले जनाएको छ ।  पछिल्लो २४ घण्टामा थप १८ जना कोरोना संक्रमतिको मृत्यु भएको छ ।

योसँगै मृतकको संख्या एक हजार १ सय २६ पुगेको छ ।