
पोखरा : पोखरामा राजसंस्था पुनर्वहालीको माग गर्दै बुधबार विशाल मोटरसाइकल र्यालीको आयोजना गरिएको छ ।
आज आयोजित र्यालीमा लाखौंको संख्यामा मानिसहरु सहभागी भएको शिव सेनाका सतिस पोख्रेलले जानकारी दिए । र्यालीमा सहभागी सर्वसाधारणहरुले राजसंस्था पुनर्वहालीको माग गर्दै चर्को नारा लगाएका थिए ।र्यालीका कारण पोखराको ट्राफिक व्यवस्था अस्तव्यस्त भएको थियो ।
त्यस्तै प्रदेश २ को जनकपुरधाममा पनि बुधबार नै राजसंस्था पुनर्स्थापनाको मागसहित मोटरसाइकल र्यालीको आयोजना गरिएको थियो ।पछिल्लो समय देशमा विभिन्न स्थानमा राजसंस्था पुनर्वहालीको माग गर्दै प्रदर्शन हुँदै आएका छन् ।