
काठमाडौं । गोकर्णेश्वर नगरपालिका-२ हिटर बालेर सुतेका आमाछोरी मृत फेला परेका छन् । महानगरीय प्रहरी वृत्त बौद्धका अनुसार एक जना अचेत छन् । उकाे उपचारका लागि नेपाल मेडिकल कलेज पठाइएकाे छ ।

बिहान अबेरसम्म उनीहरू नउठैपछि प्रहरीलाई जानकारी गराएका थिए । प्रहरीले ढोकाे फोडेर हेर्दा २७ वर्षीया श्रीमती पेम्बा शेर्पा र उनकी एक महिनाकी छोरी मृत तथा ३२ वर्षीय श्रीमान् दोर्जे शेर्पा पनि अचेत भेटिएका छन्।
बिज्ञापन



मृतक दुवै जनाको शव त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ।
