तीन जिल्लामा राजसंस्थाको मागसहित प्रदर्शन गरिँदै

देशका विभिन्न भागमा राजसंस्था र हिन्दु राष्ट्र पुनस्थापनाको माग गर्दै आज शनिबार प्रदर्शन हुँदै छन् ।

तीन जिल्लामा हुने प्रदर्शनमा आयोजकहरू अलगअलग रहने छन् । काठमाडौंमा हुने प्रदर्शन तथा सभामा वरिष्ठ अधिवक्ता बालकृष्ण नेउपानेले सम्बोधन गर्दै छन् । उता, झापामा राप्रपाबाट जनचिर्वाचित सांसद राजेन्द्र लिङदेनले बोल्ने कार्यक्रम छ ।

बिज्ञापन

झापाको बिर्तामोडमा हुने सभा ठूलो संख्यामा जनसहभागिता हुने आयोजकहरूले जनाएका छन्। यसैगरी चितवनमा पनि शिवसेना नेपालको अगुवाइमा राजसंस्था र हिन्दु राष्ट्र पुनर्स्थापनाको मागसहित विशेष र्‍याली तथा सभा हुँदै छ । भरतपुरमा हुने सभामा शिवसेना नेपालका नेता बसन्त विक्रम पाण्डेलगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।