
काठमाडौं । राष्ट्रिय अनुसन्धान विभागका पूर्वप्रहरी राजु (भुवन) खरेललाई पुर्पक्षका लागि थुनामा राख्न अदालतले आदेश दिएको छ ।

घरमा काम गर्ने महिलाकी ७ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमाथि सुनुवाई गर्दै जिल्ला अदालत, काठमाडौंले खरेललाई पुर्पक्षका लागि थुनामा राख्न सोमबार आदेश दिएको हो ।
बिज्ञापन



अदालतको आदेशपछि उनलाई केन्द्रीय कारागार, जगन्नाथदेवल चलान गरिएको महानगरीय प्रहरी वृत्त, बानेश्वरका प्रमुख डीएसपी गोविन्दराज काफ्ले बताए ।

खरेलविरुद्ध १८ वैशाखमा बालिकाकी आमाले किटानी जाहेरी दिएकी थिइन् । खरेल परिवारले आरोप अस्वीकार गरे पनि खरेलले चाहिँ प्रहरीसँगको बयानमा कसुर स्वीकारेका थिए / अनलाइन खबर