

दमक । मोरङको मिक्लाजुङ गाउँपालिका–१ बस्ने ५४ वर्षीय शिक्षक राजेन्द्र श्रेष्ठको मंगलबार बिहान गोली हानी हत्या गरिएको छ ।सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव माओवादीले श्रेष्ठको अपहरणपछि हत्या गरेका हुन् ।
बिज्ञापन



प्रहरी उपरीक्षक सन्तोष खड्काका अनुसार उनलाई घरबाटै उठाएर बर्खे जंगलमा लगेर विप्लव माओवादीले टाउकोमा गोली हानी हत्या गरेको हो ।

मंगलबार बिहान करिब सवा ६ बजेतिर आएका चार–पाँच जनाको समूहमा आएका विप्लवका कार्यकर्ताले शिक्षकलाई घरबाट उठाएर लगेको खड्काले बताए । श्रेष्ठलाई घरदेखि करिब ३० मिनेट टाढाको बर्खे जंगलमा लगेर हत्या गरेको प्रहरी उपरीक्षक खड्काले बताए ।
प्रहरीले हत्या गर्नेहरूको खोजी गरिरहेको र घटनाबारे थप अनुसन्धान भइरहेको खड्काले बताए ।