
झापा — प्रदेश १ प्रमुख सोमनाथ अधिकारी प्यासीको कोरोना परिक्षण पिोर्ट पुन पोजेटिभ आएको छ ।

कोरोना संक्रमण भएर केही दिनदेखि होम आइसोलेसनमा बस्दै आउनुभएका ७२ वर्षे प्यासीलाई श्वासप्रश्वासमा केही समस्या भएको र अक्सिजनको मात्रापनि नबढेपछि थप उपचारका लागि काठमाडौं लगिएको थियो ।
बिज्ञापन



प्यासीलाई निमोनिया क्रमश निको हुदै आएपनि कोरोना परिक्षणको रिपोर्ट भने पुन पोजेटिभ आएको उहाका प्रेस शल्लाहाकार खेमराज अधिकारीले जानकारी दिनुभएको छ । ७२ वर्षे प्यासीको पहिले देखिनै मुटुमा समस्या रहेको उहाँको सचिवालयले जनाएको छ ।
