
झापामा आज २३ जना संक्रमित थपिएका छन् । केहिदिन अघि संक्रमित भएका मध्ये २ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य कार्यालय झापाका अनुसार बुधबार जिल्लाका ९ वटा पालिकामा ७ महिला र १६ जना पुरुषसहित २३ जनामा कोरोना भाइरसको संक्रमण र आज २ जनाको मृत्यु भएको हो ।
दमक नगरपालिकामा १ महिलासहित ७ जना, मेचीनगर नगरपालिकामा १ महिलासहित २ जना, बिर्तामोड नगरपालिकामा ४ जना पुरुष, भद्रपुर नगरपालिकामा २ महिलासहित ३ जना, अर्जुनधारा नगरपालिकामा १ जना महिला संक्रमित रहेको स्वास्थ्य कार्यालय झापाका भोकल पर्सन जीवन चौलागाईले बताए ।
यसैगरी, शिवसताक्षी नगरपालिकामा १ जना महिला, बुद्वशान्ति गाउँपालिकामा १ जना पुरुष, कमल गाउँपालिकामा १ महिलासहित ५ जना र बाह्रदशी गाउँपालिकामा १ जना पुरुष संक्रमित रहेको उनले जानकारी दिए । संक्रमित सबै जना स्थानीय हुन् ।
आज मृत्यु हुनेमा २ जना पुरुष छन् । जस्मा शिवसताक्षी–१० का ८५ वर्षीय र दमक–३ का ४१ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको कार्यालयले जनाएको छ ।
झापामा हालसम्म ३४ हजार २२४ स्वाब संकलन गरिएका मध्ये ४ हजार २३३ जना संक्रमित छन् । जिल्लामा हालसम्म ११९ जनाको मृत्यु भइसकेको छ । आइसोलेसनमा रहेका सकृय संक्रमित १ हजार ९९, होम आइसोलेसनमन सकृय संक्रमित १ हजार ८३ र निको भएर घर फर्किएका ३ हजार ९३ रहेको चौलागाईले बताए ।