
काठमाडौं : धेरैजसो महिलाहरु घर-परिवार र नजिकैका व्यक्तिबाट हिंसामा पर्ने गरेका छन् ।८० प्रतिशतभन्दा धेरै महिलाहरु घरभित्रैबाट अथवा नजिकैका व्यक्तिबाट हिंसामा पर्ने गरेका राष्ट्रिय मानवअधिकार आयोगका पूर्व सदस्य मोहना अन्सारीले बताएकी छिन् ।हत्या, बलात्कार, हिंसालगायत जघन्य अपराधमा घरभित्रकै र नजिकैका व्यक्तिहरु प्राय संलग्न हुने भएकाले केही घटनाहरु घरभित्रै लुकाउने गरिएको उनको भनाइ छ ।

घरभित्रका सदस्यहरुको विरोधमा अघि बढ्दा आफूलाईसमेत असर पर्ने भन्दै महिलाहरुले खुलेर आफूमाथि भएको हिंसाबारे बताउन नचाहने गरेका मानवअधिकारर्मीसमेत रहेकी अन्सारीले बताईन् ।त्यस्तै पालिकाहरुले हिंसाका घटनाहरुलाई मिलापत्र गराउने प्रवृत्ति बढेकाले पनि बलात्कारलगायतका हिंसाका घटनाहरु बढिरहेको र परिवारका सदस्यलाई बचाउन मेलमिलापका नाममा हिंसाका घटना दबाउने काम पालिकाले गर्न नहुने उनको भनाइ छ ।अहिले हरेक पालिकामा न्यायीक समिति गठन भएको छ । समितिले घरायसी झगडालगायत विषय हेर्ने अख्तियार पाएको छ ।



