
घरेलु टोली उडिनेसमाथि सानदार जित निकाल्दै नेपोली इटालियन सिरी ‘ए’ को शीर्षस्थानमा उक्लिएको छ ।

नेपोलीले घरेलु टोलीलाई ४–० ले पराजित गरेको हो ।
बिज्ञापन



नेपोलीको जितमा भिक्टर ओसिमहेन, एमिर रहामनि, कालिडोउ काउलीबेली र हिर्भिङ लोजानोले समान एक गोल गरे ।

पहिलो र दोस्रो हाफमा समान एक गोल भएको थियो ।
जितसँगै अपराजित रहेको नेपोली ४ खेलबाट १२ अंक जोड्दै शीर्षस्थानमा उक्लिएको छ ।
नेपोलीले दोस्रो र तेस्रो स्थानमा रहेको इन्टर मिलान र एसी मिलानलाई समान २ अंकले पछि पारेको छ ।