गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको रोकिएको निर्माणकार्य मङ्गलबारबाट शुरु गरिने | OmkarTimes.com

चितवन । गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको रोकिएको निर्माणकार्य मङ्गलबार (भोली) बाट शुरु गरिने भएको छ ।

 

बिज्ञापन

यही जेठ १५ गते स्थानीयवासीले बाटो फराकिलो बनाउनुपर्ने भन्दै कच्चीबार भत्काएपछि काम रोकिएको थियो ।

 

सीताराम कट्टेल (धुर्मुश) र कुञ्जना घिमिरे (सुन्तली) फाउण्डेसनको अगुवाइमा भरतपुर महानगरपालिका–१५ रामपुरमा रङ्गशाला निर्माण थालिएको हो ।

 

फाउण्डेसनका अध्यक्ष सीताराम कट्टेलले मङ्गलबारबाट काम शुरु गर्न लागिएको जानकारी दिएका छन् ।

 

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले मङ्गलबारबाट फाउण्डेसनले काम अघि बढाउने भन्दै सबैलाई सहयोगका लागि आग्रह गरिन् ।

 

काम शुरु भएसँगै अन्य देशमा पनि आर्थिक सहयोगका लागि कार्यक्रम शुरु गरिने जानकारी दिइएको छ । तीन अर्ब लगानीमा रङ्गशाला निर्माण गर्न लागिएको हो ।