
एजेन्सी । बंगाली नायिका आर्या बेनर्जी मृत फेला परेकी छिन् ।साउथ कोलकातास्थित आफ्नो निवासमा बेनर्जीले द डर्टी पिक्चर, लभ सेक्स एन्ड धोखालगायत फिल्ममा देखिएकी अभिनेत्री आर्याको शव भेटिएको हो।

भारतीय संचार माध्यामहरुका अनुसार आर्याको नाकमा रगत र उल्टी गरेको प्रमाण भेटेका र प्रहरीले शंकास्पद मृत्युबारे अनुसन्धान गरिरहेको छ ।
बिज्ञापन



३३ वर्षका आर्या कोलकतास्थित घरमै आफ्नो डगीसँग एक्लै बस्ने गर्दथिन् । उनको काम गर्नेले बिहान घरको घण्टी बजाउँदा नखोलेको र फोन पनि नउठाएपछि छिमेकीलाई जानकारी गराएकी थिइन् । त्यसपछि उनीहरुले प्रहरीलाई खबर गरेका थिए ।
