
काठमाडौं : नेपाली बजारमा आज (आतबार) सुनचाँदीको मूल्य स्थिर रहेको छ ।
आइतबार छापावाला सुन प्रतितोला ९२ हजार ५ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । गत शुक्रबार पनि सोही मूल्यमा कारोबार भएको थियो ।
त्यस्तै तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार ५० नै कायम रहेको छ ।
त्यसैगरी आज चाँदीको मूल्य प्रतितोला १२ सय रहेको महासंघले जनाएको छ । यसअघि शुक्रवार पनि चाँदी १२ सयमै कारोबार भएको थियो ।