२२ वर्षपछि पक्राउ परेका अभियुक्त जेल चलान

नवलपरासी (पश्चिम)को बर्दघाट नगरपालिका–१४ घर भएका साहेब चौधरी सवारी ज्यान मुद्दामा २२ वर्षदेखि फरार थिए । ६० वर्षीय चौधरी प्रहरीको खोजी सूचीमा रहेपनि फेला परेका थिएनन् । जिल्ला प्रहरी कार्यालय नवलपरासी (पश्चिम)बाट खटिएको टोलीले उनलाई रामग्राम नगरपालिका–११ बाट पक्राउ गरेको छ ।

२०५६ फागुनमा नवलपरासी जिल्ला अदालतले सवारी ज्यान मुद्दामा उनलाई १ वर्ष ११ महिना ५ दिन कैद सजाय हुने फैसला गरेको थियो ।

बिज्ञापन

फैसलापछि फरार रहेका चौधरीलाई पक्रेर अदालतको आदेशले कारागार चलान गरिएको जिप्रका नवलपरासी (पश्चिम)का प्रवक्ता (डिएसपी) राजु लामाले बताए ।