एमबीबीएस पढ्दै गरेका यी युवाले किन गरे आत्महत्या?

काठमाडौँ – लगभग १ हप्ता देखि हराइरहेका काठमाडौं मेडिकल कलेजमा चिकित्सा शास्त्र (एमबीबीएस) चौंथो वर्ष अध्ययनरत शिशिर खनाल मृत अवस्थामा फेला परेका छन्। गत जेठ १८ गते देखि हराइरहेका खनाल शनिबार कीर्तिपुरको जंगलमा मृत फेला परेका हुन्।

खनालले प्रयोग गर्दै आएको मोटरसाइकल केहि दिने अगाडी कीर्तिपुरको पुष्पलाल पार्कमा फेला परेको थियो। प्रहरीले खोजि कार्य सोहि क्षेत्रमा केन्द्रित गर्दा पनि खनाल फेला पर्न सकेका थिएनन्।

अर्घाखाँची स्थाई घर भएका उनी कोटेश्वरमा बसेर (एमबीबीएस) अध्ययन गर्दै आएका थिए। शिशिरले ०५८ सालमा दुर्घटनामा बाबुआमा गुमाएको र डिप्रेसनको औषधि सेवन गर्दै गर्दै आएको बताइएको छ।

प्रारम्भिक अनुसन्धानको क्रममा उनले आत्महत्या गरेको बारे विभिन्न तथ्यहरु फेला परेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार आत्महत्या गर्न उनले आल्मुनियम फोस्फेट नाम गरेको विषादी प्रयोग गरेको पाइएको छ।

अनुसन्धान गर्ने क्रममा उनले उक्त विषादी कोटेश्वरमा रहेको एक एग्रोभेटबाट किनेको पनि प्रहरीले पत्ता लगाएको छ। यस्तै उनले कुन विषादी खाँदा मृत्यु हुन्छ भनेर आफ्नो ल्यापटपमा विषादीहरुको नाम पनि सर्च गरेको खुल्न आएको बताइएको छ।

विषादीको नाम सर्च मात्र नभई उनले आत्महत्या कसरी गर्ने भनेर पनि सर्च गरेको देखिएको प्रहरीको भनाइ छ।