
काठमाडौं । नेपाली बजारमा आज (सोमबार) सुनको मूल्यमा सामान्य गिरावट भएको छ । आइतबार तोलामा ९२ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुन सोमबार तोलामा ९२ हजार ४०० रुपैयाँमा कारोबार भएको हो ।
यस्तै तेजावी सुन तोलामा ९१ हजार ९५० रुपैयाँमा कारोबार भएको छ भने चाँदीको मूल्य पनि घटेको छ । आइतबार तोलामा १२१० रुपैयाँमा कारोबार भएको चाँदी सोमबार घटेर तोलामा १२०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि गएको बिहीबारदेखि आइतबारसम्म सुन र चाँदीको मूल्य स्थिर रहेको थियो ।