बिना मगरले भनिन् – ‘प्रमाण ल्याउनुस्, राजीनामा दिन्छु’

खानेपानी मन्त्री बिना मगरले आफ्नो मन्त्रालयमा एक रुपैयाँ पनि भ्रष्टाचार भएको प्रमाण भेटिए आफूले पदबाट राजीनामा दिने बताएकी छन् । आज (सोमबार) बिहान सामाजिक सञ्जाल ट्विटरमार्फत उनले भ्रष्टाचार नगर्ने प्रतिज्ञा समेत गरेकी छिन् ।

बिनाले लेखेकी छिन्, ‘आज म प्रतिज्ञा गर्छु- खानेपानी मन्त्रालयमा एक रुपैयाँ भ्रष्टाचार गरेको प्रमाण देखाउनुस्, म राजीनामा दिन्छु । देश समृद्ध बनाएरै छाड्छौं ।’