
पछिल्लो २४ घण्टामा ९३६ कोरोना संक्रमित थपिएका छन् भने, १४ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा ९३६ जना कोरोना संक्रमित भेटिएका छन् । कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार ७ सय ३० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
बिज्ञापन



कुल संक्रमितको संख्या २ लाख ५० हजार १८० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । हालसम्म १८ लाख ४३ हजार ५८१ जनाको पिसिआर परीक्षण भएको छ ।

हाल क्वारेन्टाइनमा ४५७ रहेको मन्त्रालयले जनाएको छ । नेपालमा हालसम्म कुल संक्रमितमध्ये ९ हजार ८८१ जना सक्रिय संक्रमित छन् । आज १ हजार ९९६ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै निको हुनेको संख्या २ लाख ३८ हजार ५६९ पुगेको मन्त्रालयले जनाएको छ ।