काठमाडौंमा दुर्घटना : पुलबाट खस्यो सुमो

काठमाडौं । काठमाडौंको नारायणटारस्थित पुलबाट टाटा सुमो खसेको छ । आज (शनिबार) बिहान ना १ ज ५३६३ नम्बरको सुमो पुलको बायाँतर्फको रेलिङ भाँच्दै पुलबाट खसेको हो । गाडी करिब २० फिट तल (पुलमुनिको बाटोमा) खसेको थियो । दुर्घटनामा मानवीय क्षति भने भएको छैन । गाडीको बम्पर र अगाडिको सिसा फुटेको छ ।
चालक रविन तामाङ सामान्य घाइते भएका छन् । तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ ।