काँग्रेस प्रवक्ताबाट हटे विश्वप्रकाश शर्मा

काठमाडौं, । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नयाँ भूमिका पाएको भन्दै सोमबारबाट प्रवक्ताको जिम्मेवारीबाट अलग हुने आज पत्रकारसँगको कुराकानीका क्रममा बताएका छन् ।

प्रवक्तामा अर्का मानिसलाई जिम्मेवारी दिन र नयाँ व्यक्तिको भूमिकालाई बढावा दिन आफू बाहिरिन लागेको शर्माले बताए ।

शर्माले पार्टीको धारणा र सूचनाका लागि अर्को व्यक्ति आउने भन्दै आवश्यक परे आफू जति बेला पनि उपलब्ध हुने पनि बताए ।