
बिर्तामोड नगरपालिका –२ चैतुबारीमा शंकास्पद अवस्थामा एक महिलाको शव फेला परेको छ । स्थानीय दुर्वल राजवंशीकी श्रीमती अन्दाजी ४२ बर्षिया विनोसरी राजवंशीको शव आज (आइतबार) विहान खेतमा फेला परेको स्थानीयले बताएका छन् । घटनाबारे जानकारी पाएसँगै आफ्नो टोली अनुसन्धानका लागि घटनास्थल तर्फ गइरहेको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायव उपरीक्षक मुकुन्द रिजालले बताए ।

बिज्ञापन



