एमसीसी पारितपछि विशेष सम्बोधन गर्दै प्रचण्ड

काठमाडौं — प्रतिनिधि सभाबाट व्याख्यात्मक घोषणासहित एमसीसी पारित भएपछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले विशेष सम्बोधन गर्ने भएका छन् ।

सोमबार दिउँसो ३ बजे पत्रकार सम्मेलन गर्दै प्रचण्डले एमसीसी पारितपछि विकसित राजनीतिक घटनाक्रमका विषयमा विशेष सम्बोधन गर्न लागेका हुन् ।

बिज्ञापन

आइतबार राति एमसीसी सम्झौता प्रतिनिधि सभाबाट पारित भएको थियो । जसको माओवादी केन्द्रभित्रैबाट विरोध भइरहेको छ ।

यसअघि माओवादीले संशोधनसहित मात्रै एमसीसी पारित गर्नुपर्ने बताउँदै आएको थियो ।

तर, प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन टुटाएरै भएपनि एमालेसँग मिलेर एमसीसी पारित गर्ने तयारी गरेपछि माओवादी लचिलो बन्दै व्याख्यात्मक घोषणासहित एमसीसी पारित गर्न तयार भएको थियो ।