
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ५८८ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमामा कोरोना संक्रमितको कूल संक्रमितको संख्या दुई लाख ५३ हजार ७७२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । साथै आज देशभर ८ हजार ३२० जना सकृय संक्रिमत छन् ।

पछिल्लो २४ घण्टामा मुलुकभर कोरोना संक्रमणका कारण ११ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १७ सय ८८ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा एक हजार ९७ जना कोरोना संक्रमित कोरोनामुक्त (डिस्चार्ज) भएका छन् । योसँगै हालसम्म डिस्चार्ज हुनेको संख्या दुई लाख ४३ हजार ६६४ पुगेको छ ।
बिज्ञापन



