पूर्वराजा ज्ञानेन्द्रद्वारा दलका नेताहरुलाई दिए यस्तो चेतावनी !

दमक । देश यतिबेला गहिरो राजनीतिक संकटमा फसिरहेको छ ।जनताको अभिमतको धज्जी उडाउदै प्रधानमन्त्री के.पी. शर्मा ओलीले संसद विघटन गरेसंगै देश राजनीतिक अन्यौलताको भुमरीमा फसेको छ ।प्रष्ट बहुमत पाएर सरकार बनाएको नेपाल कम्युनिस्ट पार्टीको नेतृत्वमा देखिएको द्वन्द्वको परिणाम स्वरुप जनमतको तिरस्कार गरि संसद विघटन गरियो ।

एकातिर देश राजनीतिक जटिलताको भुमरीमा फस्दै जानू अर्कोतिर राजनीतिक दल , नेता र सिङ्गो व्यवस्था प्रतिनै जनताको बिश्वास हट्दै गएर राजसंस्थाको पक्षमा स्वतस्फूर्त सडकमा जनता निस्किनु आफैंमा राजनीतिक परिवर्तनको संकेत भएको अनुमान सहजै लगाउन सकिन्छ ।

पोखरा,काठमाडौं,बुटवल,चितवन,झापा लगायत देशका मुख्य मुख्य सडकमा राजसंस्थाको पक्षमा ओर्लिएको मानव सागरले मात्र राजावादीलाई हौस्याएको छैन स्वयं पूर्वराजा ज्ञानेन्द्र शाह पनि राजसंस्था पुनःस्थापित हुने कुरामा निश्चिन्त हुनुभएको उहाँको पछिल्लो अभिव्यक्तिले र राजनीतिक दलका नेताहरु माथि उहाले प्रहार गर्नुभएका शब्दवाणहरु यतिबेला सामाजिक संजालमा यत्रतत्र देख्न सकिन्छ ।

पूर्वराजा शाहले सोमबार मध्य रातमा पछिल्लो राजनीतिक घटनालाई इङ्गित गर्दै देशको राजनीतिक अस्थिरता माथि दलका नेताहरु जिम्मेवार रहेको आसयले ट्विट गर्नु भएको छ । प्रधानमन्त्रीद्वारा संसद विघटन गरेको घटना प्रति असन्तुष्ट हुँदै पूर्वराजाले ` जनताको मतको कदर नगर्ने नेताबाट केहीपनि आशा गर्न सकिँदैन ।´ अभिव्यक्ति दिनुभयो ।

`कुर्सी र पदको मोहमा डुवेर देशलाई हेलाँ गर्नेहरु बेलैमा सचेत नभए जनताले बाँकी राख्ने छैनन् ।´भन्दै लोभीपापी नेताहरुलाई चेतावनी समेत दिनुभयो ।

देश अन्यौलतामा फसिरहेको बेला जताततै भ्रष्टाचार , बलात्कार , बेथिति बढेर जनतामा निराशा छाएको अबस्थामा पूर्व श्री ५ बाट नेताहरूलाई खबरदारी र चेतावनी दिदै यस किसिमको अभिव्यक्ति दिइनु आफैंमा अर्थपूर्ण रहेको देखिन्छ भने सर्वत्र सडकहरुमा राजसंस्थाको पक्षमा निस्किएको मानव सागरले देशमा राजतन्त्र चाडैं र स्थायी रुपमा नआउला भन्न सकिँदैन ।