ईटहरीका मेयर चौधरीको घरमा यौन धन्दा हुन्थ्यो [भिडियो  सहित]

इटहरी । इटहरी महानगरपालिकाका मेयर द्धारिकालाल चौधरीको इटहरीको घरमा कुनैबेला यौनधन्धा चल्ने गरेको पत्रकार विराट अनुपमले खुलाशा गरेका छन् ।

 

सुर्योदय टेलिभिजनसँगको कुराकानीमा मेयर चौधरी हरेक अन्तरवार्ता आफुबिरुद्ध अर्नगल प्रचार गरेको बताए । पत्रकार अनुपमले मेयर चौधरीबारे थप कुराहरु बाहिर ल्याएका छन् ।

 

यसैविच मेयर चौधरीले मिडियाहरुमा अन्तरवार्ता दिँदै आफू कम्युनिष्टको कार्यकर्ता भएको र आफू कुटीमा बस्ने बताएका थिए । तर मेयर चौधरीको इटहरी १७ मा साढे दुई तल्लाको पक्की घर रहेको फेला परेको छ । जुन घर समाजिक सन्जालमा भाईरल छ ।

 

मेयर आफैँले सडक क्षेत्र मिचेर बंगला ठडाइएको भेटिएको हो । आफू भूमाफियाविरुद्ध लागेको बताउने मेयर चौधरी आफैँ सबैभन्दा ठूलो प्लटिङ व्यवसायी भएको भेटिएको छ । आफू भूमाफियाविरुद्ध लडिरहेको र पत्रकारहरु भूमाफियाबाट प्रभावित भइरहेको बताउँदा उनको आफ्नो घर नै सडक मिचेर बनाएको तथ्य उजागर भएको हो ।

 

यस्तै पार्टी कार्यालय समेत सार्वजानिक जग्गा मिचेर बनाइएको भेटिएको छ । यस्तै मेयर भवन सार्वजानिक खरिद ऐन विपरित बनेको छ । ४० लाख भुक्तानी दिएको त्यहाँका पत्रकारहरु बताएका छन् ।

तर चौधरीले भने आफूले सडक नमिचेको दाबी गरेका छन् ।

 

यी तिनै मेयर हुन जस्ले इटहरीका पत्रकार विराट अनुपमका नाकको डाँडी भाच्नकै लागि १ करोड छुट्टाएको उद्घोष गरेका थिए । यिनै मेयरले केही दिन अगाडि पत्रकारलाई लोपरेका थिए भने दुई कर्मचारीलाई पिटेका थिए ।


https://www.youtube.com/watch?time_continue=750&v=_u0JYsonPAE