प्रदेश १ को हिउँदे अधिवेशन माघ ७ मा

प्रदेश १ को हिउँदे अधिवेशन ७ माघमा बोलाइएको छ ।

आइतबार बिहान बसेको प्रदेश १ मन्त्रिपरिषद् बैठकले ७ माघमा प्रदेशसभाको हिउँदे अधिवेशन बोलाउन प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

बिज्ञापन

संविधानअनुसार सभाको अधिवेशन आह्वान र अन्त्य प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुखले गर्ने व्यवस्था छ ।