गौरादह वितरण केन्द्रका कर्मचारी बिच स्वागत तथा बिदाइ कार्यक्रम सम्पन्न

 

नेपाल विद्युत प्राधिकरण गौरादह वितरण केन्द्रका कर्मचारीबिच आज ( आइतबार )स्वागत तथा बिदाई कार्यक्रम सम्पन्न भएको छ।गौरादह वितरण केन्द्रबाट अन्य वितरण केन्द्रमा बिदाइ हुनुभएका कर्मचारीहरुमा क्रमशः कार्यलय प्रमुख सरोज कुमार साह नेपाल विद्युत प्राधिकरण दमक झापमा, प्रशासन प्रमुख खेम खतिवडा दुहबी वितरण केन्द्र सुनसरी र लेखा प्रमुख मोहन आचार्य विराटनगर वितरण केन्द्र मोरङमा सरुवा हुनुभएको छ ।

बिज्ञापन

त्यसैगरी गौरादह वितरण केन्द्रको विभिन्न पदको कार्यभार सम्महाल्न आउनुहुने कर्मचारीहरु क्रमशः कार्यलय प्रमुखमा बिजली प्रसाद यादव विराटनगर वितरण केन्द्रबाट , प्रशासन प्रमुखमा सुरेन्द्र बस्नेत तेह्रथुम वितरण केन्द्रबाट र लेखा प्रमुखमा तारा दाहाल ढल्केबर गृड शाखा धनुषाबाट आउनुभएको हो ।


बिदाइ हुनुहुने साथै कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका कार्यलय प्रमुख सरोज कुमार साहले आफ्नो कार्यकाल अवधीभरमा अनुशासित र संयमित भएर जिम्मेवारी पूरा गरेको र सम्पुर्ण ग्राहक वर्गका आवस्यकता र समस्यालाइ पनि सम्बोधन गर्दै सबैमा समानुपातिक रूपमा सेवा प्रबाह गरेको अनि यस कार्यमा कार्यलयका सम्पुर्ण कर्मचारीहरुले साथ दिनुभएको कुरा व्यक्त गर्नु भयो ।

त्यसैगरी वितरण केन्द्रको कार्यलय प्रमुखको कार्यभार सम्हाल्न आउनुहुने तथा कार्यक्रमका बिशिस्ट अतिथि समेत रहनुभएका बिजली प्रसाद यदवले आफुले पाएको जिम्मेवारीबाट कहिले पछि नहट्ने, सेवाग्राहीका आवश्यकता र समस्यालाई नजिकबाट नियाल्दै आफ्नो कार्यकाल रहेसम्म अनुशासित भएर सेवा प्रबाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । र यस कार्यमा सम्पुर्ण कर्मचारीहरुले स्वत, स्फुर्त रुपले साथ दिनुहुनेछ भन्ने कुरामा आफू बिस्वस्त रहेको बताउनुभयो ।

कार्यक्रममा प्राधिकरणका कर्मचारी,ने बि प्रा.ट्रेड युनियनका कर्मचारी साथै ने बि प्रा कर्मचारी संघका कर्मचारीहरुको बाक्लो उपस्थिति रहेको थियो।

प्राधिकरणको प्राङ्गणमा सम्पन्न भएको उक्त कार्यक्रममा प्रमुख अतिथि कार्यलय प्रमुख सरोज कुमार साह,बिशिस्ट अतिथिमा नयाँ कार्यलय प्रमुख बिजली प्रसाद यादव रहनुभएको थियो ।
नेपाल विद्युत प्राधिकरण वितरण केन्द्रका इन्जिनियर रोशन खतिवडाको सभापतित्वमा सम्पन्न भएको सो कार्यक्रमको उदघोषण नेपाल विद्युत प्राधिकरणका कर्मचारी मान बहादुर कार्कीले गर्नुभएको थियो ।

साथै सोही अवसरमा नेपाल विद्युत प्राधिकरण कर्मचारी ट्रेड युनियन गौरादहले पनि बिदाइ भइ जाने र नयाँ आउने कर्मचारीहरुलाइ स्वागत तथा बिदाइको कार्यक्रम राखेको थियो । नेपाल विद्युत प्राधिकरण आधिकारिक ट्रेड युनियन,तथा प्रदेश नं १ का सहसंयोजक मान बहादुर कार्कीको संयोजकत्वमा सम्पन भएको उक्त कार्यक्रममा ने बि प्रा गौरादह वितरण केन्द्रका इकाई अध्यक्ष किशोर दाहाल लगायत ट्रेड युनियनका कर्मचारीहरुको सहभागितामा सम्पन्न भएको थियो ।