एमाले उम्मेदवारको गाडीमा आगजनी

दैलेख । जिल्लाको आठबीस नगरपालिकामा नेकपा एमालेबाट मेयर पदका उम्मेदवार तर्कबहादुर बडुवालले चुनाव प्रचारमा प्रयोग गर्दै आएको बा १९ च ५५७९ नम्बरको स्कर्पियोमा आगजनी भएको बताइएको छ ।

आठबीस नगरपालिका वडा नम्बर ४ राकम कर्णालीस्थित सृष्टी होटलअगाडि पार्किङमा रहेको गाडीमा आइतबार राति आगजनी भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ।आगजनीबाट गाडीको एउटा टायरको बाहिरी भाग जलेको छ।गाडीमा कसैले आगो लगायो वा आफैँ केही कारणले लाग्यो भन्ने पुष्टि भइनसकेको दैलेखका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक भुवनेश्वरप्रसाद साहले बताए।

बिज्ञापन