बेलायतमा लकडाउन भएपनि विद्यालय तथा विश्वविद्यालयहरु खुल्ने

लण्डन – बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले बेलायतमा कोभिड १९ को संक्रमणको अवस्था थप जटिल बन्दै गएको बताएका छन् ।

उनले यसअघि नै चिन्ताजनक अवस्था बढ्दै गएकाले यहाँ थप प्रतिबन्धहरु लगाइने बताएको र सोही बमोजिम मंगलबार यहाँ नयाँ प्रतिबन्धहरुको घोषणा गरिएको छ ।

तर ती प्रतिबन्धहरु भने त्यति कडा छैनन् । यसअघिको भन्दा खुकुलो गरी हालका लागि प्रतिबन्धको घोषणा गरिएको छ । प्रधानमन्त्री जोन्सनले थप प्रतिबन्धात्मक व्यवस्थाहरु घोषणा गर्ने अपेक्षा गरिएकोमा ती प्रतिबन्धहरु त्यति कडा नरहेका बताइएको हो ।

उनले देशका युवाको भविष्यलाई ध्यानमा राखेर विद्यालय, विश्वविद्यालयहरु खोल्न दिइने बताए । तर उनीहरुले पनि सुरक्षा सावधानीका कार्यहरु भने पूरा गर्नुपर्ने उनले बताए ।

त्यस्तै सावधानीहरु अपनाएर, व्यापार व्यवसाय, होटल रेष्टुरेन्टहरु पनि सीमित संख्याका व्यक्तिहरुलाई मात्र सेवा दिने गरेर केही खुकुलो गरिने र पहिलेको जस्तो कडा खालको लकडाउन नगरिने भएको हो ।

केही आदेशहरु त जारी गरिएका छन् तर ती आदेशहरु पहिलेको जस्तो कडा खालको नभएको बताइएको हो ।