भारतले प्याज निकासीमा लगाएको प्रतिबन्ध पुस १७ गतेबाट फुकुवा गर्ने

काठमाडौं : भारतले प्याज निकासीमा लगाएको प्रतिबन्ध पुस १७ गतेबाट फुकुवा गर्ने भएको छ । भदौ २९ गते आन्तरिक बजारमा प्याजको माग बढेको र मूल्य आकाशिएको भन्दै भारतले ज्याज निकासीमा प्रतिबन्ध लगाएको थियो । जनवरी १, २०२१ बाट लागू हुने गरी भारतीय वाणिज्य तथा उद्योग मन्त्रालयले ज्याज निकासीमा लगाएको प्रतिबन्ध हटाउने निर्णय गरेको हो ।

मन्त्रालयको सूचना अनुसार सबै किसिमका प्याजको निकासीमा यसअघि लगाइएका प्रतिबन्ध हटाइएका छन् । नेपालमा सबैभन्दा धेरै भारतीय प्याज आयात हुने गरेको छ । भारतले प्याज निकासीमा प्रतिबन्ध लगाएलगत्तै नेपाली बजारमा प्याजको मूल्य प्रतिकेजी १ सय ५० रूपैयाँभन्दा धेरै पुगेको थियो ।

बिज्ञापन