बम विस्फोटमा परि कम्तीमा २२ जनाको मृत्यु | OmkarTimes.com

काठमाडौँ । अफगानिस्तानको राजधानी काबुलमा बम विस्फोटमा परि कम्तीमा २२ जनाको मृत्यु भएको छ ।

 

बिज्ञापन

विस्फोटमा परि खानी तथा पेट्रोलियम मन्त्रालयका आठ जना मजदुरले ज्यान गुमाएका छन् । उनीहरु चढेको बसमा बम विस्फोट गराइएको थियो ।

 

त्यस्तै ज्यान गुमाउनेमा पाँच जना महिला र एक जना बच्चा पनि रहेका छन् । विस्फोटमा अन्य २७ जना घाइते भएको अधिकारीहरुले जानकारी दिएका छन् ।

 

पहिलो विस्फोटको केही मिनेटपछि नै एक जना आक्रमणकारीले बमसहित आफूलाई उडाउँदा कम्तीमा सात जनाले ज्यान गुमाए भने २० जनाभन्दा बढी घाइते भए ।

 

विस्फोटको जिम्माआतंकवादी संगठन तालिवानले लिएको छ । त्यस्तै अरु विस्फोटको जिम्मा आईएसआईएसले लिएको अधिकारीहरुले बताएका छन् ।