राईलाई संसदीय दलको नेताबाट हटाइयो, आचार्य नयाँ नेता चयन

नेकपा प्रचण्ड–माधव पक्षले प्रदेश १ को संसदीय दलको नेतामा भीम आचार्यलाई चयन गरेको छ । मुख्यमन्त्री शेरधन राईलाई दलको नेताबाट हटाउँदै अचार्यलाई चयन गरिएको हो । मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्दै प्रचण्ड–माधव पक्षले भीम आचार्यलाई भावी मुख्यमन्त्रीमा प्रस्ताव गरेको थियो ।

बहुमत सांसदको बिहीबार बसेको बैठकले राईलाई दलको नेताबाट हटाएको हो । प्रदेश १ मा नेकपाका ६७ सांसद छन् । जसमध्ये ३७ जनाले राईविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका थिए ।

बिज्ञापन