
राष्ट्रियसभाको हिउँदे अधिवेशनको पहिलो बैठक १७ पुसबाट सुरु हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले भोलिका लागि राष्ट्रियसभाको अधिवेशन बोलाएकी छिन् । त्यसैअनुसार कार्यव्यवस्था परामर्श समितिको आजको बैठकले राष्ट्रियसभाको अधिवेशनको पहिलो बैठकको कार्यसूची तय गरेको छ ।

भोलिको बैठकमा मन्त्रिपरिषद् पुनर्गठन, संवैधानिक परिषद्को अध्यादेशलगायतका विषयमा छलफल हुनेछ । त्यसैगरी, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले जारी गरेको समिति गठनसम्बन्धी आदेश, २०७७ र थारु आयोग, मधेशी आयोग, राष्ट्रिय सुरक्षा परिषद्, राज्यका निर्देशक सिद्धान्त नीति र दायित्वसम्बन्धी संवैधानिक आयोगका प्रतिवेदनहरूमाथि पनि छलफल हुने कार्यसूची तय भएको राष्ट्रियसभा सचिवालय जानकारी दिएको छ ।
बिज्ञापन



