स्रोत नखुलेको एक करोड ४७ लाख ८६ हजारसहित एक भारतीय पक्राउ

काठमाडौं । स्रोत नखुलेको एक करोड ४७ लाख ८६ हजार रुपैयाँसहित एकजना भारतीय नागरिक काठमाडौंबाट पक्राउ परेका छन् । कपिलबस्तुबाट निजी गाडीमा काठमाडौं आएका ३० वर्षीय अमितकुमार गुप्तालाई प्रहरीले आज बिहान चार बजेतिर पक्राउ गरेको हो ।

उनी सवार गाडी चलाउने चालकलाई पनि प्रहरीले पक्रेको छ । प्रदेश ३–०१–०२३ च २२५९ नम्बरको कारलाई महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा कारभित्र ३ वटा झोलामा लुकाई राखेको अवस्थामा रकम बरामद भएको थियो । पक्राउ पर्नेहरुमा भारत गोरखपुर बस्ने ३० वर्षीय अमित कुमार गुप्ता र कार चालक कपिलबस्तु बाँणगंगा नगरपालिका–४ बस्ने २२ वर्षीय संगम थारु रहेका छन् ।

बिज्ञापन