कोटेश्वरबाट करिब १४ लाख बराबरको सुनका गहना चोरी

काठमाडौँ। काठमाडौं महानगरपालिका-३२ कोटेश्वर शुभकामनाचोकमा डेरा गरी बस्ने एकजनाको करिब १३ लाख ९५ हजार बराबरको सुनका गहनाहरू चोरी भएको छ।

चितवन रत्ननगर नगरपालिका-२ घर भएका निर्मल पाठकको कोठाबाट उक्त परिमाणको सुनका गहना आइतबार साँझ चोरी भएको हो।

बिज्ञापन

चोरीमा संलग्नहरूको पहिचान खुलेको छैन। प्रहरीले चोरीका घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ।