
धनगढी : कैलालीमा ४ वर्षीया बालीकामाथि बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार धनगढी उप-महानगरपालिका-९ की ४ वर्षीया बालिकामाथि बलात्कार भएको हो ।
बलात्कार गरेको आरोपमा भारतको उत्तर प्रदेशका १९ वर्षीय रविकुमार कोरीलाई पक्राउ गरिएको प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक बिष्टले बताए ।
कोरीले मामाघरमा आएका बेला बालिकामाथि बलात्कार गरेको बुझिएको प्रहरीले जनाएको छ ।पीडित पक्षले दिएको जाहेरीका आधारमा निजलाई पक्राउ गरि घटनाको अनुसन्धान भइरहेको छ ।