
जबसम्म ऊ भुईंमा थियो
कुर्सी खराब लाग्थ्यो
जब ऊ कुर्सीमा पुग्यो
भुईं खराब भयो ।
जब उस्को आँखा कुर्शीमा थियो
कुर्सी लागेको थियो उस्को आँखालाई
जब ऊ कुर्सीमा पुग्यो
अरुको आँखालाग्यो उस्को कुर्सीलाई ।
कुर्सी खतरामा छ त प्रजातन्त्र खतरामा छ
कुर्सी खतरामा छ त देश खतरामा छ
कुर्सी खतरामा छ त दुनियाँ खतरामा छ
कुर्सी पाइएन भने किन चाहियो देश दुनियाँ र प्रजातन्त्र ?
✍️ खगेन्द्र नेउपाने
गौरादह क्याम्पस