
पहिलो मैत्रीपूर्ण फुटबल खेलमा नेपालले अफ्रिकी देश मरिससलाई हराएको छ ।

दशरथ रङ्गशालामा भएको खेलमा नेपालले मरिससलाई १–० गोलले हराएको हो ।
बिज्ञापन



नेपालको जितमा खेलको ५४औँ मिनेटमा विमल घर्तीमगरले गोल गरे ।

पहिलो हाफमा नेपालले दुई वटा निकै राम्रा मौका पाउँदा पनि गोल गर्न सकेन ।
मरिससको एउटा सशक्त प्रहार नेपालका गोलकिपर किरण चेम्जोङले बचाए । दोस्रो मैत्रीपूर्ण खेल आउँदो मंगलवार हुनेछ ।