शिवालय मन्दिरमा आश्रय लिएका भट्टराई परिवारको कारुणिक कथा

झापा।  यो कुनै लोक कथा नभएर गौरादह ४ धरधरे शिव मन्दिरको छाना मुनी वसोवास गर्दै आएका भट्टराई दम्पतिको हो । जुन परिवार अहिले अत्यन्तै पिडा भित्र डुवुल्की मार्दै खुशी खोजिरहेको छ ।

 

ठुलो छोरा प्रकास २६ वर्षका भए । लाउला खाउलाको उमेरमा अहिले उनी अचम्मको रोग लागेर ओछ्यान परेका छन् । विगत ७÷८ वर्ष देखी थलिएका प्रकासको दयनिय अवस्था देखेर आँखामा आँसु नभरिने सायद कोही छैन होला ।

 

प्रकास भट्टराई आफु बाँचेर बृद्ध अवस्थामा पुगेका वुवा आमालाई सहारा दिने उनले ठुलो धोको वोकेका छन् तर कसरी बाँच्ने उनलाई थाहा छैन । बृद्धावस्थामा रहेका कृष्णप्रसाद भट्टाराईलाई अहिले ठुलो समस्या आइपरेको छ । बृद्ध अवस्थामा रहेका वहालाई पर्नु पिर परेको छ । वहाँ जसरी भएपनि छोरालाई बचाउन चाहानुहुन्छ ।

 

भट्टराई परिवारले सवै संग सहयोगको अपेक्षा गरेको छ । प्रकासको उपचारमा अहिले सम्म १ लाख भन्दा वढी खर्च भइसकेको उनको परिवारले जानकारी गराएको छ । थप उपचारको लागी भट्टराई परिवारले सवै संग अनुनय विनय गरेको छ । ६ जना सदस्य रहेकोे भट्टराई परिवारमा समस्या प्रकासको मात्र होइन ।

 

उनका भाइ आँखा देख्दनन । उनको लागि संसारै अँध्यारो छ । पुर्ख्यौली पेसा कर्मकाण्ड जजमानी गरेर हात मुख जोडिरहेको यो परिवारमा परेको समस्या देख्दा यस्तो लाग्छ कि भगवानको मन्दिरको छाना मुनि बसेर कष्टप्रद जीवन बिताइरहेको यो परिवारमा भगवान स्वयं दुख दिन आतुर हुनुहुन्छ ।

 

आज मैले एउटा गरिव र सहारा विहिन परिवारको कथा लेख्ने कोसिस गरेको छु । सायद मैले लेखेको यो सत्य घटनामा आधारित कथाले सायद तपाँईको मन जित्न सक्छ होला भन्ने विस्वास लिएको छु । मैले धेरै असहायहरुको अपिल गरें तर आज मैले तपाँईहरुलाई अत्यन्तै आशावादी भएर प्रकास भट्टराईको उपचारको लागी अपिल गरेको छु ।

 

विगतका दिनमा यस्ता धेरै आवाजविहिन आवाजहरुको कारुणिक कथालाई हामीले पवित्रमनहरु संग पु¥याउन कोशिस मात्र गर्दा पनि अमुल्य सहयोगहरु प्राप्त हुने गरेका थिए । कल्याणकारी मन् हरु यस्ता मन् हुन् जसको हृदयमा स्वयं भगवान विराजमान हुनु भएको हुन्छ । तपाँईको अमुल्य सहयोगको हामी प्रतिक्षा गरिरहने छौं । तपाँईको सानो सहयोग कसैको लागी अमुल्य उपहार वन्न सक्छ।