
विराटनगर/ नेकपा प्रदेश नं १ का ईन्चार्ज एवं प्रचण्ड–नेपाल पक्षीय नेता भीम प्रसाद आचार्यले म गरेका छन् । आज विराटनगरमा पत्रकारसँग कुरा गर्दै आचार्यले दल भित्रको सुविधाजनक बहुमत र संसदमा उपस्थित विपक्षी दलहरुको सहयोगले चाँडै अविश्वासको प्रस्ताव पास दाबी गर्नुभएको हो ।
मुख्यमन्त्री शेरधन राई विरुद्ध अविश्वासको प्रश्ताव दर्ता गरेपनि आचार्यलाई प्रस्तावित मुख्यमन्त्रीको रुपमा अघि सारिएको छ । अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने ३ जना ओली समूहमा गएका छ भने ३ जना सदस्यहरु प्रचण्ड–माधव समुहमा पनि आएका छन् । थप खुल्ने क्रम जारी रहेको जिकिर गर्नुहुँदै आचार्यले संसद चल्नेबित्तिकै अविश्वासको प्रस्ताव टेवल हुने दाबी गर्नुभयो ।
नेता आचार्यले २१ सिट रहेको प्रमुख विपक्षी दल नेपाली काँग्रेससहितका सानादलसँग प्रधानमन्त्री केपी ओलीले चालेको असंवैधानिक कदमप्रति एजेण्डा मिलेको हुँदा सडकमा आन्दोलनरत पक्षले पक्कै सरकारमा नजानेमा बिषयमा आफु ढुक्क रहेको जिकिर गर्नुभयो । गत माघ ७ गते बसेको प्रदेशको सातौँ एवंम हिउँदे अधिवेशन प्रदेश प्रमुखको पत्र पढेर तीन मिनेट मै स्थगित भएको थियो । उक्त बैठकमा भने संसद सचिवालयमा दर्ता भएको मुख्यमन्त्री विरुद्धको अविश्वासको प्रस्ताव टेबल भई छलफल हुने जनाईएको थियो ।