
दमक । झापाको गौरादहमा परिवर्तनका लागि युवा अभियानले आज सहिद दिवस मनाएको छ ।धर्मभक्त माथेमा , शुक्रराज शास्त्री,दशरथ चन्द र गंगालाल श्रेष्ठ चार सहिदको सम्झनामा सहिदको तस्बिर अगाडि नेपालको नक्सामा दिप प्रज्जलन गरि सहिद दिवस मनाइएको हो ।सयौंको संख्यामा उपस्थित युवाहरुको समूहले गौरादह बजारको मञ्चमा कार्यक्रम गरेका थिए ।

`जहानिया राणा शासनको अन्त्यका लागि जीवन आहुति दिएर सहिदहरुले नेपाल र नेपालीको भाग्य र भविस्यको उज्यालो रेखा कोर्दै नेपाललाई अध्यारो बाट उज्यालो तर्फ डोर्याउन गरेको योगदानको उच्च सम्मान गर्दै सहिद दिवस मनाउन आवश्यक रहेको छ ।´ कार्यक्रममा बोल्दै अभियानका सचिव अशोक कार्कीले भन्नुभयो ।



` राज्यले बिशेष सम्मान गरेर मनाउनु पर्ने सहिद दिवस तर राज्यले नै सहिदको उपेक्षा गरेर सहिदको अपमान गरेको छ ।आफुलाई देशभक्त ठान्ने स्थानीय नेताहरु जाडोमा सिरकभित्र हुदा हामी यहाँ सहिदको सम्मान गरिरहेका छौ । त्यसैले देशभक्त को हो भन्नेकुरा समयले पुष्टि गर्दछ । राज्यले उपेक्षा गरेर सहिदको अपमान गरेपनि प्रतेक नेपालीको मनमा सहिदहरु सधै अमर रहिरहनुहुनेछ ।´ स्थानीय नेताहरु प्रति आक्रामक हुँदै अभियानका अध्यक्ष उमेश कार्कीले भन्नुभयो ।

सहिदको सम्झनामा मौन धारण गरि शुरु भएको
कार्यक्रममा अभियानका अध्यक्ष उमेश कार्की , सचिव अशोक कार्की सदस्यहरू प्रजेश कुवर , सकेन्द्र ताजपुरिया , अमन राजवंशी , सरोज दंगाल , सुजन कार्की , निमेष भण्डारी , रविन कार्की , अरुण दाहाल , दिपक चौलागाईं , सुशील पराजुली लगायत युवाहरुको उल्लेख्य संख्यामा उपस्थिति रहेको थियो ।